वैवाहिक जीवनमा समझदारी

6.8k Shares
फरक-फरक सोचाइ, विचार, इच्छा, आकांक्षा भएका र संस्कारमा हुर्केर आएका दुई व्यक्तिहरू जब वैवाहिक जीवनमा बाँधिन्छन्, त्यसपछि उनीहरूको जीवनमा सानातिना जटिलता, अप्ठ्यारा पक्कै आउँछन्। उनीहरूलाई वैवाहिक जीवनमा समायोजन हुन गाह्रो हुन सक्छ। तर उनीहरू बीचको समझदारीले उनीहरूको लामो वैवाहिक जीवनमा सारथीको काम गर्छ। श्रीमान्–श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा मान्ने हो भने उनीहरूको वैवाहिक यात्रामा उनीहरू बीचको समझदारी नै उनीहरूलाई सही गन्तव्यमा पुर्‍याउने सारथी हुन्छ।

हाम्रो समाजमा लोग्ने र स्वास्नी बीचको झगडा, खटपटलाई परालको आगोको रूपमा लिइन्छ र यसलाई त्यति महत्व दिइँदैन। परालकै आगो भए पनि सहमति र समझदारीको वर्षा गराएर यसलाई समयमै निभाउन सकिएन र यसले अर्कै रूप लियो भने साँच्चै नै यसले पुरै वैवाहिक जीवन जलाएर तहस नहस पार्न सक्छ।

हाम्रो समाज दिनप्रतिदिन जटिल बन्दै गएको छ। पुरुष प्रधान समाजले महिला माथि दमन गर्यो, महिला माथि थिचोमिचो, अन्याय भयो भन्ने जस्ता गुनासाहरू उठ्न थालेका छन्। महिला अधिकारका नाराले नेपाली आकाश पनि गुन्जिएको छ। यस्तो अवस्थामा दम्पत्तीहरूबीच सहमतीको अभाव खड्किएमा ठूलो समस्या नआउला भन्न सकिँदैन।

हाम्रो समाजमा श्रीमान्–श्रीमती बीच बढ्दै गएको खटपट, भै-झगडा तथा पारपाचुकेजस्तो घटनाहरूले वैवाहिक जीवनलाई सुखद औल्याउँदैन। एकअर्कामा विश्वासको कमी, बनाउने दुवै पक्ष सचेत हुनुपर्ने आवश्यकतालाई एकले अर्कालाई आरोप, प्रत्यारोप लगाउनु, एकअर्काप्रति वफादार नहुनु, प्रेम तथा आत्मियता साटासाट गर्न नसक्नु तथा आपसी समझदारी नहुनु सबै किसिमका पारिवारिक कलहका कारणहरू हुन्।
सम्बन्धित समाचार