- डी. बी. नेपाली
तर राष्ट्र र आम नागरिककाे लागि चाँहिने तत्कालिन समय अनुसार राणा शासक या श्री३ राजाहरुले केही राम्रा कामहरु गरे पनि सत्ताकाे उन्मादमा आफ्नै दाजुभाई साकसंन्तानहरु बीच मै हत्या, षडयन्त्र र सत्ता कब्जा गर्ने खेलमा लागेर काण्डै काण्डकाे रक्तपात र षडयन्त्रपूर्ण कार्य र राणा शासन बिरुद्ध उठ्ने आवाज र बिद्राेहमा लागेका नागरिकलाई हत्या, देश निकाला र अन्य अमानवीय सजाए र जुर्माना गर्ने तानाशाही शैलीकाे कारण उनिहरुकाे राम्राे कामकाे कुनै पनि आम नागरिकले सम्मान गर्नसक्ने वातावरण रहेन "एउटा मछली सारा तलाब काे गन्दा कर देती है" भन्या जस्तै राणा शासनमा त सबै मछली उस्तै थिए, लामै समय एक शतक भन्दा बढी समय सत्तामा कब्जा जमाए पनि आँखिर विलासिता, अहंकार र मपाँइकाे क्षेपास्त्र केही काम लागेन अत्यन्त घृणित र इतिहासकाे कालखण्डमा बदनाम भएर सत्ताच्युत हुनु परेकाे शक्तिशाली राणा शासनकाे बदनाम इतिहास परिवर्तन तिमीले हेरेर बसेकै हाे । यस्तै राजतन्त्रमा पनि थुप्रै राम्रा कामहरु भएकाे इतिहास साक्षी छ ।
अहिले हामी जुन नेपाल भनेर मेराे या हाम्राे देश भन्ने गर्छाैं, जागिर खान हाेस या बिदेश जान हाेस आफ्नु परिचय दिनु पर्दा नागरिकता, राष्ट्रिय परिचयपत्र हाेस या लाइसेन्स लगायत अन्य आइडी कार्ड बाेकेर हिंड्छाैं त्याे पहिचान राजा पृथ्वी नारायण शाहकै देन हाे । आफुलाई बहुत शक्तिशाली र सम्पन्न भनेर अहिले नाक फुलाएर हिड्ने सन् 1947 मा अंग्रेजले बक्सेकाे भारत जाे तत्कालिन अवस्थामा भारत नभएर ५/६ सय राजतन्त्रमा विभाजित थियाे सन १६००मा ब्यापार गर्न भनेर एउटा कम्पनी खाेलेर छिरेका ब्रिटिशहरुले ब्यापारसंगै ती सबै राज्यहरु कब्जा गरेर शासन चलाउन थाले उता अंग्रेजकाे प्रवेश र सत्ता कब्जा गर्ने खेल यता गाेर्खाकाे राजा पृथ्वी नारायण शाहकाे गंगा उत्तर र पश्चिम कांगडा तथा पूर्वमा सिक्किमसम्म कब्जा गर्ने अभियानले सफलता हासिल गर्दै गयाे र त्याे अभियान गीवार्ण युद्ध बिक्रमकाे समयसम्म जारी रह्याे भने उता वर्तमान भारत निर्माण गर्ने क्रममा अंग्रेजहरुले पृथ्वी नारायण शाह र उनका सन्तानले निर्माण गरेकाे विशाल गाेर्खा एम्पाएर ग्रेटर नेपाल माथि कैयाैं पटक कब्जा गर्ने असफल प्रयास गर्दा पनि सफल हुन सकेनन् आँखिर राजा गीवार्ण र अंग्रेजहरु बीच असमान सुगाैली संधी गरेर नेपाललाई टिस्टा काँगडाबाट खुम्च्याएर मेची महाकालीमा चित्त बुझाउनु पर्याे ।
राष्ट्रकाे सिमाना खुम्चिए पनि नेपालकाे सार्वभाैमिकता र संस्कार लगायत सारा संसार दास बनाउन सफल ब्रिर्टिश एम्पाएरकाे संसारमै एउटा मात्रै देश नेपाल कसैकाे दास नबनेकाे गाैरवशाली इतिहास कायम राख्न र आज हाम्राे संसारमा जुन पहिचान छ त्याे जिउदाे राख्ने त्यही राजतन्त्र हाे भनेर बुझ्न जरुरी छ विदेशी विचार र राजनीति बाेकेर देशलाई दलाली र बिदेशी चलखेलकाे अखाडा बनाउने दलाल राजनीतिक नेता र दलहरुले । कुनै पनि कालखण्डकाे राजनीतिक इतिहासकाे अध्यन र मनन गर्दा जुन प्रणालीमा पनि सकारात्मक र नकारात्मक दुबै पाटा हुन्छ तर म मरे पनि मेराे देश बाँचिरहाेस भन्ने अन्तर आत्मा त वास्तवमा राजाहरुमा नै हुँदाे रहेछ भन्ने कुरा ब्रिटिशहरुले बुझेर नै स्वयं हत्या गरेर मासेकाे राजतन्त्र फेरि जीवित पारे, संसारमा प्रजातन्त्र र गणतन्त्रकाे नाममा अशान्ति मच्चाउनेहरुकाे भिगी बिल्ली बनेर माया गर्ने षडयन्त्र भित्र लुकेकाे जनतालाई स्वतन्त्रता, सुशासन, समानता र अधिकारकाे नाममा ऊल्लु बनाएर आमजनताकाे रगत पसिना चुस्ने प्रवृतिभन्दा उनिहरुले प्रचार गरेर क्रुर तानाशाह भनेर हत्या गर्ने गरेका सद्दामहरु आफ्नु राष्ट्रलाई कति माया गर्दा रैछन भन्ने कुरा छर्लङ्ग छ !
नेपालमा पनि जसरी राणा शासन र राजतन्त्रलाई बदनाम गरेर प्रजातन्त्र र गणतन्त्रकाे नाममा जनतालाई गान्धीका बन्दर बनाउने काम कामकाे भारी देह र जनताले ढाड भाँचिनेगरि बाेक्नु परेकाे महशुस हुन थालि सकेकाे छ । नेपाल भन्ने देश स्वतन्त्र रहिरहे पनि त्यहाँका जनतालाई स्वतन्त्र देख्न नचाहने, त्याे देशले विकास गरेकाे देख्न नचाहने बिदेशी शक्ति केन्द्रले राजतन्त्र देखि वर्तमान गणतन्त्रमा आइपुग्दासम्म पनि घुसपैठ र चलखेल गर्दै नेपाली जनता भिभाजित र परनिर्भर हुन बाध्य बनाएकाे प्रष्ट छ । नेपालमा हुने परिवर्तनका आन्दाेलन र दलहरुकाे राजनीति विचार र कार्यशैली आँखा खाेलेर हेर्ने हाे भने अहिलेसम्म नेपालमा हुने गरेका आन्दाेलनमा सहभागिता र नेतृत्व कतै पनि पीडित वर्गले गरेकाे नदेखिनु सबै भन्दा ठुलाे सम्स्या रहृकाे छ। नेपालमा गरिने राजतन्त्र जाेगाउने आन्दाेलन हुन या प्रजातन्त्र स्थापना गर्ने देखि गणतन्त्र कायम गर्ने आन्दाेलनकाे नेतृत्व कहिलै पनि त्याे पीडित वर्गले गर्ने आँट गर्न सकेन भने नेता र आन्दाेलनकारी प्रायः स्कुल कलेजमा पढ्ने बिद्यार्थी र पढाउने शिक्षकहरुले गरेकाे देखिन्छ जुन वर्गले मजदूर र किसानका दुख दर्द र पीडा बुझेकै हुन्न । शिक्षक र बिद्यार्थीकाे चरित्र सतप्रतिशत अवसरवादी हुन्छ त्यसैले नेपालमा जति पनि परिवर्तन भएका छन तिनकाे दि एण्ड अवसरवाद प्रष्ट देखिदै आएकाे छ ।
राणा र राजाहरु राष्ट्रवादी हुँदा हुँदै र केही राम्रा कामहरु गर्दा पनि अत्यन्त बदनाम भएर पलायन हुनुकाे कारण उनिहरुकाे अहंकार, शक्तिकाे घमण्ड र बिलासिता नै मुख्य रहेकाे देखिन्छ तर जनतालाई हाम्राे वास्तविक अक्सिजन त यिनै जनता हुन् भन्ने कुरा बुझ्न नसक्दा आफै हमेशा हमेशाकाे लागि बुझिनु यानि निभ्नु वा समाप्त हनु पर्याे । राजतन्त्रले गरेकाे राज मार्ग,देशमा उद्याेगहरुकाे स्थापना लगायत जतिसुकै राम्रा तथा जनता र देशहितकाे काम गरे पनि जनतालाई मदारीकाे बाँदर जस्तै जस्ताे चाह्षाे उस्तै नचाउन सक्छु भन्ने अहंकार र घमण्डले गर्दा सासै फेर्न नसक्ने गरि समाप्त पारेकाे या डाडा कटाएकाे परिवर्तन तिमी पनि हेरे देखे कै छ जनताले पनि देखेकाे भाेगेकाेछ । क्रमश:.....