द लेप्रोसी मिसन नेपाल, आनन्दवन हस्पिटलका कर्मचारीद्वारा सवारी दुरुपयोग

24.4k Shares

ललितपुर । द लेप्रोसी मिसन नेपाल, आनन्दबन टिकाभैरव हस्पिटल लेलेका कर्मचारीहरुद्वारा सवारी साधनको दुरुपयोग गरेका पाइएको छ ।
विदेशी डोनरले गरिब नेपाली जनताको सेवा सुविधाका लागि दिइएको सवारी साधन हस्पिटलका कर्मचारीहरुको छोराछोरीलाई स्कुल लान र ल्याउनको लागि प्रयोग गरेको पाइएको छ ।


गरिब जनताको सेवा सुविधाका लागि डोनरले दिएको एक वस, एक बलेरो, तीन स्कारपियो, एक हाइलक्स गाडी विशुद्धरुपमा त्यस हस्पिटलका कर्मचारीहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आइरहेको हस्पिटलमै कार्यरत एक कर्मचारीले नाम नछाप्ने सर्तमा खोजतलासलाई बताएका छन् ।
हस्पिटलको लोगो राखेको गाडीमा कुनै पनि व्यक्तिगत प्रयोजनको काम गर्न नपाइने सरकारी नीति भए पनि द लोप्रोसी मिसन नेपाल, आनन्दबनका कर्मचारीले आफ्नो बालबच्चाहरुलाई स्कुल लाने र ल्याउने काममा प्रयोग गर्दै आइरहेका छन् । सो हस्पिटलका चापागाउँ निवासी सवारी इन्चार्ज हिराकाजी श्रेष्ठले आफ्नो बच्चाको लागि बा १० च ४३८३ नम्बरको स्कारपियो गाडी प्रयोग गर्दै आइरहेका छन् ।


सो गाडीमा इन्चार्ज हिराकाजी श्रेष्ठको एक्लो छोरालाई हात्तिबनस्थित लिटिल एन्जल्स स्कुलमा बिहान पु¥याउने र बेलुका लिन जानुपर्ने ड्यूटीनै दिएको पाइएको छ ।
यसरी सो हस्पिटलले विदेशी डोनरबाट दिएको अनुदानबापतको सवारी साधन कर्मचारीले दुरुपयोग गरेको बारे सो हस्पिटलका डाइरेक्टर सुभाष कण्डेलसँग जानकारी लिन खोज्दा आफूलाई सबै कुरा थाहा नभएको, हस्पिटल टाडा भएका कारण क्वाटरमा बस्ने डाक्टर र कर्मचारीहरुको छोराछोरीलाई स्कुल र कलेज लाने र ल्याउने गरेको बताए । विरामीलाई भन्दा कर्मचारीका छोराछोरीको व्यक्तिगत प्रयोजनको लागि हस्पिटलको लोगोसहितको गाडी प्रयोग गर्न नपाइने ट्राफिक प्रहरी बताउँछ । यदि हस्पिटलको गाडीले व्यक्तिगत प्रयोजनको लागि कर्मचारीको छोराछोरीलाई स्कुल लाने र ल्याउने काम गरेको पाइए त्यस्ता गाडीलाई हामी तत्काल कारबाही गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर सिताराम हाछेतुले खोजतलाससँग बताए ।

गाडी दुरुपयोगको विषयलाई लिएर सो हस्पिटलका सवारी इन्चार्ज हिराकाजी श्रेष्ठसँग सो कुराको जानकारी लिन खोज्दा सबै कुरा डाइरेक्टर कण्डेललाई जानकारी छ । उहाँलाई नै सोध्नुस् भन्दै पन्छिने काम गरे ।
तर, डाइरेक्टर सुभाष कण्डेलसँग सम्पर्क गर्दा उहाँले सबै सवारी इन्चार्ज श्रेष्ठ र हस्पिटल प्रशासन अधिकृत सुरेस गुरुङलाई जानकारीभएको बताएका थिए । तर हस्पिटल प्रशासन अधिकृत गुरुङले आफूलाई खासै जानकारी नभएको र यो सम्बन्धी सबै हिराकाजी श्रेष्ठले हेर्ने गरेको बताए ।

सम्बन्धित समाचार