'द बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो'को आज उद्घाटन, सेवा लिनेहरूलाई २५ प्रतिशत छुटको व्यवस्था

19.9k Shares

काठमाडौँ/काठमाडौँकाे मुटु नयाँ बानेश्वर अवस्थित एनबी सेन्टरको तेस्रो तल्लामा 'द बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो'को आज विहीबार उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बरिष्ठ ब्यूटिसियन तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कमला श्रेष्ठले  रिबन काटेर स्टुडियोको उद्घाटन गर्नुभएको हो ।

स्टुडियो अवलोकन गर्नुहुँदै प्रमुख अतिथी समेत हुनुभएकी श्रेष्ठले स्टुडियो सञ्चालक तथा अरू उपस्थित कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा वहाँले समाजमा बढ्दै गइरहेको सान्दर्य स्टुडियोको प्रशंसा गर्दै धेरैजना आफ्नो सौन्दयैप्रति संवेदशील हुनु र उत्सुकता देखाउनुले समाजमा सकारात्मक परिवर्तन आएकाे कुरा ब्यक्त गर्नुभयाे । साथै यसले धेरै रोजगारी सिर्जना गर्ने कुरामा पनि आफु ढुक्क रहेको बताउनुभयो । ।

यस्तैमा श्रेष्ठले नेपालमा पहिलो पटक पार्लर स्थापना गर्ने ब्यक्ति आफु रहेको र त्यसबेला र अहिले यस क्षेत्रमा आकाश जमिन फरक रहेको र यसको भविष्य दिनप्रतिदिन उज्जवल हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । वहँले पुरानो विगत सम्झदैँ आफुले शुरुमा पार्लर सञ्चालन गर्दा ससुराले एक महिनासम्म आफुले छोएको पानी नपिउनुभएको समेत जिकिर  गर्नुभयाे ।
आज कार्यक्रमामा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुले स्टुडियो भिजिट गरेका थिए । आकर्षक डिजाइन र डेकोरेटेड बेञ्चमार्क स्टूडियोमा सयौँ व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो भने स्टुडियाे सञ्चालिका विद्या श्रेष्ठले अतिथीहरुलाई खादा ओढाई  सम्मान पनि प्रदान गर्नभएकाे थियो । साथमा आगन्तुकहरुलाई खाजाको व्यवस्था पनि उपलब्ध थियो । द बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियोले ओपनि डे को एक महिनाभरी आफ्नो सौन्दर्य सेवा लिने ग्राहकलाई २५ प्रतिशत पनि छुटको व्यवस्था गरेको छ ।

IMG-20230504-WA0000.jpgreceived_265939439193041 (1).jpeg

 

सम्बन्धित समाचार