नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

21.8k Shares

काठमाडौं, १८ भदौ  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विहान ११ बजे बस्ने भनिएकोमा  दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई लैजान चाहे पनि प्रचण्ड पक्षले त्यसमा सहमति जनाएको छैन ।
यसअघि नेकपाको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने प्रचण्ड पक्षको भनाइ छ । उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
 

सम्बन्धित समाचार