ललितपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले महामहिम राष्ट्रपतिद्वारा आज जनसेवा श्री चतुर्थद्वारा बिभुषित हुनेहरुलाई सम्मान गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समितिको १५ औं अधिवेशन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनसेवा श्री चतुर्थद्वारा बिभुषित हुनुभएका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, युलेन्स स्कुलका मेदनी कँडेल र लिटिल एन्जल्स स्कुलका मुकुन्दराज शर्मालाई सम्मान गरिएको हो ।
ललितपुरको हात्तिवनस्थित हात्तीबन बैक्वटमा आयोजित ललितपुर प्याब्सनको १५ औं अधिवेशनको प्रमुख अतिथि माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो ।