काठमाडौं । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । शुक्रबार र शनिबारको पानीका कारण यस राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ ।
सडकमा लेदो थुप्रिएनुका साथै केही ठाउँमा पहिरोले क्षति पुर्याएकाले हिजो बिहानैदेखि सवारी अवरुद्ध छ । काभ्रेको रोशी गिम्दीबेँसीमा आज बिहानदेखि डोजरले पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ । पहिरोले खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड पनि अवरुद्ध छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका—१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।