किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

19.6k Shares

काठमाडौं, १ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।

माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५-० अन्तरले पराजित गरेको हो । सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए । 

माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रमम माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्‍याे । 

सम्बन्धित समाचार