१३औं सागमा स्वर्ण दिलाएका सात खेलाडी युवा प्रतिभा पुरस्कारबाट सम्मानित

22.7k Shares
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीलाई युवा प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो ।
गतवर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी तथा शारीरिक सुगठनका १ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन् । उनीहरुले समान ५०५० हजार रुपैया प्राप्त गरे ।
त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन् । जुडोका धर्मकुमार श्रेष्ठ निर्णायकको तर्फाट सम्मानित भएका छन् ।
यस्तै संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित भए । खेलकुदको विकास र प्रवद्र्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीको मनोवल उच्च राख्न सहयोग गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेज प्रायोजकका रुपमा सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २१ दिने सुचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ ।
९ सदस्य समितिले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधिको अधिनमा रहि प्राप्त आवेदनको मूल्याकंन गर्दै उच्चतम अंक प्राप्त गर्नेलाई सम्मानका लागि सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार