7.2k
Shares
काठमाण्डौ – पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन् । बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई बिहान ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा काठमाण्डौ बागबजार बस्ने नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ घर भएकी ५ वर्षीया आशिका राई घाइते भएका हुन् । विवेकको अन्नपूर्ण न्यूरो अस्पतालमा र आशिकाको काठमाण्डौ मोडल अस्पतालमा उपचार भइरहेको छ । माइक्रो चालक सिन्धुपाल्चोकका रामहरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।