नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल चयन

10.8k Shares

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।  महाधिवेशनबाट दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । 

अध्यक्षको प्रतिस्पर्धामा नेपाल, नारान चिमरिया र ओम विमली रहेका थिए । तर अन्तिममा सर्वसम्मत कार्यसमिति बनेको हो ।

झापा बिर्तामोडमा शनिवार भएको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष बनाएको हो । अध्यक्ष नेपालका अनुसार नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्ष भए । 

यस्तै प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष चयन भएका छन् । 

नेपाल पाँचथरका हुन् । उनी नेपाली कांग्रेस पाँचथरका सचिव समेत हुन् । महासंघको नेतृत्व चयन हरेक तीन तीन पाँच वर्षमा हुने गरेको छ ।

सम्बन्धित समाचार