काठमाडौंमा लुटपाट

18.4k Shares
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ म्हेपी पुल नजिक डेरा गरी बस्ने खोटाङ केपिलासगढी गाउँपालिका–१ घर भएका ३९ वर्षीय दिल कुमार राईको १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सोमबार राति लुटपाट भएको छ ।
सडकमा पैदल हिँडिरहेको अवस्थामा अपरिचित १०/१२ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई कुटपिट गरी उक्त नगद तथा मोबाइल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सोह्रखुटेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं तार्केश्वर बस्ने धादिङ घर भएका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे  गाउँपालिका–५ घर भएकी ५० वर्षीया महिलाले घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले परियारलाई बसपार्कस्थित बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो ।
सम्बन्धित समाचार