‘क्रान्तिकारीहरूले बढी खेल्ने खेल चेस नै हो’

5.7k Shares

काठमाडौं, भदौ ११ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताउनु भएको छ ।  

उहाँले भन्नुभयो, “१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो।”

अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगिता कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उहाँको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताउनुभयो। 

उहाँले भन्नुभयो, “भक्त राणा मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको स्मृति हामी सबैको मनमा ताजा छ।

उहाँले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिनुभयो। 

उहाँले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

अध्यक्ष प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिंदै भन्नुभयो, “यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु।”

सम्बन्धित समाचार