एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी

10.3k Shares

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले असार महिनामा मात्र १ अर्ब ४० करोड ७० लाख २० हजार रुपैयाँ शेयर धितो कर्जा जारी गरेका छन् । 

गत जेठ महिनाको तुलनामा यस्तो कर्जा १० प्रतिशतले बढी हो । जेठमा शेयर धितो कर्जा १ अर्ब ६ करोड १८ लाख ६० हजार रुपैयाँ मात्र जारी भएको थियो 

सम्बन्धित समाचार