रास्वपाबाट निलम्बित भए नेता कँडेल

5.9k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा पक्राउ परेका नेता हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ । 

बागमती प्रदेश प्रशिक्षण विभागमा रहेर काम गर्दै आएका कँडेललाई रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शुक्रबार निलम्बन गरेका हुन् । 

रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट नक्कली शैक्षिक प्रमाण पत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सूचना प्राप्त भएकाले उनलाई आवश्यक छानबिन र अनुसन्धानमा सहजता पुर्‍याउने उद्देश्यले निलम्बन गरिएको रिमालेको भनाइ छ । 

‘प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार