काठमाडौँ । ललितपुर महानगरपालिकाले सूचना तथा प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आठ महिने निःशुल्क 'वेब बेस्ड सफ्टवेयर डेभलपमेन्ट’ तालिम दिने भएको छ ।
भक्तपुरको चौगुनारायण फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुन लागेको तालिमले युवाहरूलाई स्वदेशमै
रोजगारी र स्वरोजगारका लागि सक्षम बनाउने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्र बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका इच्छुक नागरिकहरूबाट आवेदन आह्वान गरेको हो । आठ महिने तालिममा सहभागी हुनका लागि आवेदक कम्तीमा स्नातक तहको तेस्रो सेमेस्टरमा अध्ययनरत हुनुपर्नेछ ।
तालिमको विषय वेब बेस्ड सफ्टवेयर डेभलपमेन्ट हुनेछ । यसका लागि १५ जना प्रशिक्षार्थीले अवसर पाउनेछन् ।