जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

8.9k Shares

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्। विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए ।

उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिए पनि शिक्षकहरू टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्‍याली निकालेलु फेरि माइतीघर मण्डलमा पुगेर कोणसभा गर्ने जानकारी दिइएको छ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा निजी विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधान हटाउनु पर्ने माग गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरीTeacher-protest-maitighar-1.jpgTeacher-protest-maitighar-9.jpgTeacher-protest-maitighar-11.jpgTeacher-protest-maitighar-14.jpg

सम्बन्धित समाचार