1.1k
Shares
काठमाडौं । काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ ।
प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो । माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी परिसर काठमाडौंबाट डाँका चोरी मुद्दामा २७ वटा मुद्दामा पक्राउ परेको देखिएको हो ।
उनीहरूले काठमाडौंका विभिन्न ठाउँमा लुटपाट गर्ने गरेको, मान्छेलाई बाटोमा हिंडेकै अवस्थामा सिक्रि लुटपाट गर्ने लगायतका काममा संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।