6.3k
Shares
काठमाडौं, २७ साउन । कास्की, माछापुच्छ्रे गाउँपालिका-१ करूवा बस्ने ७२ वर्षीय सन्ते तामाङको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, दमक नगरपालिका-३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङको घर अगाडि पार्किङ गरी राखेको ना.७ ख ८६९१ नम्बरको मिनी ट्रकमा गएराति आगलागी हुँदा करिब ३६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।