काठमाण्डौ – आज साउन महिनाको अन्तिम सोमवार काठमाण्डौको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।
भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा पानीको झरीका बीच साउन महिनाको अन्तिम सोमवार बिहान पूजाअर्चनाका लागि लामबद्ध भक्तजन । तस्वीर : हरिराम भेटुवाल

काठमाण्डौको पशुपतिनाथ मन्दिरमा साउन महिनाको अन्तिम सोमवार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन बत्ती बाल्दै । तस्वीर : हरिराम भेटुवाल

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा साउनको अन्तिम सोमवार नदीमा स्नान तथा शिव आराधना गर्न आएका भक्तजनहरू । आज बिहानैदेखि देवघाटस्थित त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको छ । तस्वीर : सनद अधिकारी

लमजुङको मध्यनेपाल नगरपालिका करापुटारको ईशानेश्वर महादेव मन्दिरमा आज साउन महिनाको अन्तिम सोमवार पूजाअर्चनाका लागि झरिमा छाता ओढेर लामबद्ध भक्तजन । तस्वीर : देवेन्द्र गुरुङ