भीरबाट लडेर बालककोे मृत्यु

6k Shares

जाजरकोट, साउन २१ गते । जाजरकोटमा घाँस काट्न गएको बेला  भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । 

नलगाड नगरपालिका १० ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर वोहोरकाअनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै मत्यु भएको जानकारी दिनुभयो । 

सोही स्थानमा पाँच दिन अगाडि मात्रै एक महिलाको लडेर मृत्यु भएको थियो । नलगाड नगरपालिकाका उपप्रमुख देवका लामीछानेले दुई सातामा नलगाड नगरपालिकामा मात्र दुई साता भित्र रुख र भीरबाट लडेर तथा नदिमा वगेर १० जनाको मृत्यु भईसकेको बताउनुभयो । 

उहाँले पशुपालन व्यवशाय गरेका किसानहरु रुख र भीरमा घाँस काट्न गएको बेला लड्ने समस्या अत्यधिक बढेको पनि बताउनुभयो । 

सम्बन्धित समाचार