इनेस्पेक्टरलाई प्रदेशले सचेत गराएपछि घुमुवाले दिन थाले लाइन !

19.7k Shares

बारा । कोरोना महामारीका कारण संक्रमित हुने डरले एकथरी जनता त्राहिमाम भएर घर बाहीर निस्कन सकेका छैनन् भने अर्काथरी तस्करलाई यो समय शुभलाभ गर्ने मौका मिलेको छ ।
बाराबाट एक स्रोतले दिएको जानकारी अनुसार लकडाउनको समयमा पनि मुसहरवा, बसन्तपुर र कचौरुवाबाट मरिच, छोकडा र कपडाको तस्करी भइरहेको छ ।
प्राप्त समाचार अनुसार बन्दाबन्दीको समयमा जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पनेरुको घुमुवा असई अक्षयलाल पासवान, हवल्दार मोहम्द हुसैन र यादव थरका दुई जना जवानले लाइन दिएको बुझिएको छ ।
केही दिन अघि यही एरियाबाट तस्करी भएको रिपोर्ट नेपालले सिम्रौनगढका इन्चार्ज इनेस्पेक्टर सुरेन्द्र तामाङले लाइन दिएको समाचार प्रकाशित गरेपछि इन्स्पेक्टर सहित असई सुजित सिंह, राहतभूषण गदी र हवल्दार मोहम्द हुसैनलाई प्रदेश कार्यालयले झिकाएर सचेत बनाएर पठाएको हप्ता दिन नपुग्दै जिल्लाका घुमुवाले लाइन दिन थालेका छन् ।
असई अक्षयलाल पासवानले लाइन दिएर भन्सार छलि गरेर सामान ल्याउनेमा दिनेश यादव, भोला गुप्ता, सनी यादव र प्रमोद साहले कपडा ल्याउने गरेका छन् ।
त्यस्तै सन्दीप गुप्ता, दीलीप यादव, सत्रुधन महतो, दीलीप कुशहवा र अर्विन साह लगायतका तस्करले यताबाट मरिच, छोकडा र केराउ पास गराई रहेका छन् ।
यसका लागि असई अक्षयलालले लाइन मिलाउने र हवल्दार मोहम्द हुसैनले पैसा उठाउने गरेको समाचार स्रोतको दाबी छ
 

सम्बन्धित समाचार