सिकार खेल्न हिडेका ३ जना भरुवा बन्दुकसहित पक्राउ

15.2k Shares

महोत्तरी,३ जेठ। राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाइ महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमीटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रवाट उनिहरु हतियारसहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम बहादुर भोलन र ३८ बर्षिय अमिर स्याङतान छन ।विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र खयरमारा प्रहरी चौकीवाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेको छ । तिनै जनालाइ हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

सम्बन्धित समाचार