आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.6k Shares

काठमाडौं, १९ साउन । खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने ७० वर्षीय जित बहादुर तामाङको घरमा आइतबार साँझ आगलागी हुँदा करिब १३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-४ बस्ने जमाल अनसारीको भान्सा घर र गोठमा आइतबार बेलुकी आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार