बत्ती बाल्ने प्लकमा तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु

8.9k Shares

सिराहा– सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । 

आफ्नै घरमा बत्ती बाल्ने प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार