जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

2.1k Shares

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को  टोलीले जेन-जी आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत किर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबरजस्ती करणी र लुइँटेललाई सरकारी कागजछाप दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका वाइबा जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौँबाट फरार रहेका थिए । वाइबालाई स्वयम्भू र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

सम्बन्धित समाचार