अहिले बैंकहरूको लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुङ्गाना

5.8k Shares

काठमाण्डाै – डेपुटी गभर्नर निलम ढुङ्गानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

काठमाण्डाैमा आज आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर ढुङ्गानाले नयाँ बैंक स्थापनाबारे चर्चा भए पनि अहिले नै लाइसेन्स बाँड्न सक्ने स्थिति नरहेको बताउनुभएको हो । दुई वर्षअघि एउटा अध्ययन गरेर बैंकहरूको सङ्ख्या निर्धारण गर्ने र अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने उहाँले उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘२ वर्षअघि १५/१८ को हाराहारीमा बैंकहरू हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेकाे थियाे । अब फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन । हामीले अध्ययन नगरी, कुनै आधार नभई, कुनै पनि कुरामा ह्वात्तै अघि बढ्न सक्दैनौँ ।’

ढुङ्गानाका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तर प्रयासरत छ । बैंंक तथा वित्तीय संस्थाहरूको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार