रास्वपाले आज पत्रकार सम्मेलन गर्ने

8.6k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

सम्बन्धित समाचार