आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

9.2k Shares

काठमाडौं, ३२ असार । बझाङ, केदारस्यु गाउँपालिका-४ बागथला बस्ने पुष्पराज भट्टले संचालन होनैनाथ गारमेन्ट उद्योगमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ करोड ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ओम प्रकाश मण्डलले संचालन गरेको माता जेनरल एण्ड स्टेशनरी स्टोरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार