चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुबंरकाे निर्देशन मातहतका निकायका कार्यालय प्रमुखले रद्दीकाे टाेकरीमा मिल्काएका छन् भन्ने कुरा बारम्बार सार्वजनिक भैरहेका छन् । उनले डिआइजी हुदादेखि नै अगाडि सारेको र महानिरीक्षक भए पछि बारम्बार माैखिक र लिखित निर्देशन दिदै आएको काजमा नराख दरबन्दी पठाउ अभियान मातहतका कार्यालय प्रमुखले अटेर गरेपछि उनी असफल देखिएका छन् । अझै पनि पचास प्रतिशत भन्दा बढी दरबन्दीमा नगई काजमा बसेका मात्रै हाेइनन कार्यालय प्रमुखलाई खुशी पारि राम्रो र मालदार ठाउँमा कार्यरत रहन सफल भएका छन् ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयमा विगत पाँच बर्ष देखि कार्यरत जिवलाल भट्टराई पनि त्यसै मध्येका एक हुन । उनको दरबन्दी काठमाडौं एयरपोर्ट हो तर पनि उनी काजमा चितवन ट्राफिकमा कार्यरत छन् । जबकि तीन जना ड्राइभर नै एउटा गाडी भएकाे चितवन ट्राफिकमा हुदाहुदै उनलाई ड्राइभर भनेर राखिएको मात्रै थिएन कि हाकिमकाे लागि लेखापालसंग मिलेर मर्मत नै नगरेको , सामान नै नफेरेकाे र हाल्दै नहालेकाे तेलको बिल बनाउने काम समेत हुदै आएको कुरा सार्वजनिक भए पछि निरीक्षक सुरेश सुवेदीले ड्राइभरबाट त हटाए तर पनि अझै दरबन्दीमा नपठाई अफिसमा नै काम लगाएका छन् ।फिल्डमा डियुटीमा समेत पठाएका छैनन् । सहायक हवल्दार जिवलाल भट्टराईकाे भिनाजु नाता पर्ने प्रहरी निरीक्षक देवराज अर्यालले ट्राफिकका निरीक्षक देखि मुख्यालयकाे कर्मचारी प्रशासन सम्म सेटिङ मिलाएर काजमा बसेकाे र दरबन्दीमा रमाना नगरेको समेत पुष्टि भएको छ। अहिले फेरि चितवन ट्राफिकमा दरबन्दी बनाएर लगातार यहीँ बस्ने चलखेल निरीक्षक अर्याल मार्फत भट्टराईले गरिरहेका छन् ।
त्यसैगरी अरू डियुटीमा वा सवारीमा जानुपर्ने भए ट्राफिक तालिम गरेको छैन भन्ने लेखापाल नवराज जाेशीलाई यसअघिका निरीक्षक देखि नै भ्रष्टाचारकाे अखडा मानिदै आएको लाइसेन्सकाे ट्रायलमा खटाउदै आएका थिए ।झन् ट्रायलमा जानेलाई ट्राफिक नियम देखि चिन्हहरू सबै जानकारी हुनुपर्ने हुन्छ तर रकमको लालचामा नै उनी लाइसेन्समा खटिदै आएका थिए । त्यो कुरा पनि सार्वजनिक भए पछि उनी लाइसेन्सममा खटिएका त छैनन् ।तर तेलमा भने धेरै अनियमितता हुदै आएको छ। ट्राफिककाे नियमित फ्युलकाे बजेट बाहेक महानगरपालिकाले २५० लिटर तेल दिदै आएको छ भने यसबाहेक यातायातका पुलचाेककाे काउन्टर , माैलाकालिका काउन्टर , पुरानो नारायणी काउन्टर , नेपाल माइक्रो , पुरानो नारायणी माइक्रो , बिरगंज काउन्टर र लाेकल समितिहरूले ट्राफिक प्रहरीलाई तेल दिदै आएका छन् ।
चितवन ट्राफिक प्रहरी धेरै पहिले देखि विभिन्न काण्डहरू यसरी नै बदनाम भैरहेको छ। तर न त प्रदेश ट्राफिक न त प्रदेश प्रहरी र प्रहरी मुख्यालयले नै छानबिन र नियन्त्रण गर्न सकेको छ ।