उपल्लो मुस्ताङमा बाढीले सातवटा पुल बगायो

5.8k Shares

मुस्ताङ – उपल्लो मुस्ताङमा बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमन शुरू भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न हिजो अनुगमन गरेका छन् ।

बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । यसबाट  डेढ करोड रुपैयाँ भन्दा बढी नोक्सान भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार  अस्ति मङ्गलवार साँझ लोमान्थाङ– ४ चुम्जुङको छुआमा खोलाको बाढीले आर्का– भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । 

सम्बन्धित समाचार