गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई

21k Shares

गोदावरी (ललितपुर) १८ कात्तिक : ललितपुरको जावलाखेलमा जारी गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।

“जावलाखेल खेलमैदान ललितपुरमा जारी १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कात्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ”, फ्लोरिकल्चर एसोसिएसन नेपालले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “आइतबारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भूकम्पपीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँछौँ ।”

 ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन (शुक्रबार) सम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने रु ७७ लाखभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ । रासस 

सम्बन्धित समाचार