काठमाडौं, १८ असार । सर्लाही, बरहथवा नगरपालिका-२ चौरी टोल बस्ने मोहन परियारको छोरा ५ वर्षीय सनम परियारको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नगर अस्पताल बरहथामा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, जानकी गाउँपालिका-६ खाली पिप्रहवा बस्ने अब्दुल कमाल तेलीको छोरा ९ वर्षीय पोहित तेलीको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँ बस्ने राजु श्रेष्ठको छोरा ८ वर्षीय शिदार्थ श्रेष्ठको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।