रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू

8k Shares

काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अदालतमा विचाराधीन विषयमा संसद्मासमेत प्रश्न गर्न नपाइने संवैधनिक व्यवस्था स्मरण गराएका छन् ।

सहकारी ठगी प्रकरणमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहँदा उनले उक्त संवैधानिक व्यवस्था स्मरण गराएका हुन् ।

‘अदालतमा विचाराधीन विषयमा संसद्मा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?,’ प्रचार विभाग प्रमुख विश्वकर्माले फेसबुकमा प्रश्न गरेका छन्,’ ‘के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो ?,’

उनले रास्वपालाई संकलन भइरहेको हस्ताक्षर बुझाउने ठाउँ र त्यसपछि निर्णय गर्ने निकायका बारेमा प्रति प्रश्न गरेका छन् । ‘अनि हस्ताक्षर बुझाउने कहाँ ?,’ विश्वकर्माको प्रश्न छ, ‘तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’

रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर कारागारमा थुनिएको दाबी गर्दै देशभित्र र देशबाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

सम्बन्धित समाचार