जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

5.1k Shares

झापा, ९ असार । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार