काठमाण्डाै महानगर प्रहरी बल प्रमुख राजु पाण्डे काममा फिर्ता

12.6k Shares

काठमाण्डाै – काठमाण्डाै महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्कनुभएको छ । यसअघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गर्नुभएकोमा हिजो उच्च अदालत पाटनले निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशपछि पाण्डे आजदेखि काममा फर्कनुभएको हो । उहाँले आज सुन्धारामा रहेको महानगर प्रहरी बलको कार्यालयमा हाजिर गरेर आफ्नो ड्युटी शुरू गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई पाण्डेले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै छानबिन समिति बनाएर निलम्बन गर्नुभएको थियो । 

सम्बन्धित समाचार