कोरोनाबाट थप ४२ जनाको मृत्यु, २ हजार ४४४ संक्रमित

16.2k Shares

काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोबाट संक्रमित हुनेको संख्या ६ लाख ३५ हजार १ सय ८८ पुगेको छ ।

गत २४ घण्टाको अवधिमा ६ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

सम्बन्धित समाचार