10.9k
Shares
काठमाडौं, ५ असार । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित तारा फाईबर उद्योगमा काम गर्ने भारत बिहार पूर्वी चम्पारण बस्ने ४० वर्षीय भुषण बैठाको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
रौतहट, राजपुर नगरपालिका-३ डमार पोखरी टोल बस्ने ३० वर्षीया गुलनाज खातुनको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।