मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

6.5k Shares

काठमाण्डौ – ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

उनलाई गएराति नेपाल ल्याइएकोे प्रहरीले जनाएको छ । उनले मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।

प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

ज्योति गुरूङले सहकारीको ६ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ । रेड कर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेपछि नेपाल प्रहरीको टोलीले नेपाल ल्याएको हो ।

मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको छ । 

सम्बन्धित समाचार