17.5k
Shares
काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । आजबाट सुरु हुने सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ ।
सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।
सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।