आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

5k Shares

काठमाडौं, २८ जेठ । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित अनोज मण्डलले संचालन गरेको
क्यान्टिनमा मंगलबार राति आगलागी हुँदा करिब २ लाख २१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१९ बस्ने महन्थ यादवको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-३ प्रणामी टोल बस्ने श्रीना प्रसाद दुलालको गोठमा मंगलबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको
छ ।

झापा, बिर्तामोड नगरपालिका-५ स्थित सोही ठाउँ बस्ने सर्मिला श्रेष्ठले सटर कोठा भाडामा लिई संचालन गरेको श्रेष्ठ किराना पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार