काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा। हेमराज शर्माले गत मार्च महिनामा सम्पन्न बृहत् एकता महाधिवेशनको म्यान्डेटअनुसार आईसीसीलाई पूर्णता दिएको बताएका छन् ।
सुरुमा राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरूको एकतालाई प्राथमिकतामा राखेर अघि बढेको संघले केही ढिलाइ भए पनि हाल अमेरिकासहित अधिकांश एनसीसीहरू एकतातर्फ अग्रसर भइसकेको पनि बताए । सामाजिक सञ्जालमार्फत शनिबार जानकारी गराउँदै आईसीसीको पूर्णता र एनसीसीहरूको समझदारीसँगै संघ अब आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन गर्न पूर्ण समर्पणका साथ लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
संघले आगामी अगस्ट महिनामा आयरल्यान्ड र चीनमा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई मुख्य कार्यसूची बनाएको बताउँदै ती सम्मेलनहरू मार्फत गैरआवासीय नेपालीहरूको नागरिकताको निरन्तरता र नेपालमा सामूहिक लगानी भित्र्याउने जस्ता महत्त्वपूर्ण विषयमा राज्यलाई सकारात्मक दबाब दिने नीति संघले लिएको अध्यक्ष शर्माले उल्लेख गरे । संस्थालाई थप मर्यादित र समावेशी बनाउन यस पटक पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको मनोनयनमा नयाँ र कडा मापदण्ड लागू गरिएको उनले जनाए । उनले भने, ुयस पटकको मनोनयनमा मुख्यतः दोस्रो पुस्ताका युवा, दक्ष विज्ञ र नयाँ अनुहारलाई विशेष प्राथमिकता दिइएको छ। संस्थामा दलगत राजनीतिको प्रभाव पर्न नदिन भ्रातृ संगठनका बहालवाला पदाधिकारीहरूलाई बाहिर राखिएको छ भने निष्पक्षताका लागि वर्तमान पदाधिकारीका निकटतम परिवारका सदस्यहरूलाई समेत समेटिएको छैन।ु
यसैगरी, विवाद तथा प्रहरी मुद्दामा परेका र संघलाई तिर्नुपर्ने बक्यौता रकम भुक्तानी नगरेका व्यक्तिहरूलाई मनोनयन सूचीमा समावेश गरिएको छैन। त्यस्तै नयाँ अनुहारलाई प्रवर्द्धन गर्ने नीतिअनुसार यसअघि मनोनित भइसकेका पुराना साथीहरूलाई नदोहोर्याइएको र बृहत् एकताको भावनाअनुसार सबै पक्षलाई समेट्ने प्रयास गरिएको अध्यक्ष शर्माले बताएका छन् ।
अध्यक्ष शर्माका अनुसार सल्लाहकार समितिमा करिब ४० प्रतिशत विज्ञ तथा सामाजिक व्यक्तित्वहरू र ६० प्रतिशत संस्थामा लामो समय योगदान दिएका पुराना अभियन्ताहरूलाई स्थान दिइएको छ। त्यस्तै, मनोनित आईसीसी सदस्यहरूमा ५० प्रतिशत हिस्सा महिला, दोस्रो पुस्ताका युवा र विज्ञहरूलाई सुरक्षित गरिएको छ। संघको विधान, आईसीसीको ११५औँ बैठकको म्यान्डेट र वर्षौंदेखिको सांगठनिक अनुभवका आधारमा यो निर्णय लिइएको भए पनि कामको सिलसिलामा केही कमजोरी वा त्रुटि भएको खण्डमा त्यसलाई आवश्यकताअनुसार सुधार गर्ने ठाउँ अझै बाँकी रहेको पनि उनले स्पष्ट पारेका छन् ।
विविध मापदण्ड र सन्तुलन मिलाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण संस्थामा उल्लेखनीय योगदान पुर्याएका केही योग्य साथीहरू यस पटक मनोनयनमा छुट्न गएको स्वीकार गर्दै अध्यक्ष शर्माले उहाँहरूलाई आगामी दिनमा संघका अन्य उपयुक्त र गरिमामय भूमिकाहरूमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।