ईदुल अझहाको अवसरमा अध्यक्ष अन्सारीद्वारा शुभकामना व्यक्त

8k Shares

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी देश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई पवित्र ईदुल अझहाको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

ied shuvkamana.jpgअध्यक्ष अन्सारीले एक शुभकामना सन्देश जारी गर्दै पवित्र ईदुल अझहाको अवसरमा शान्ति, सुख, स्वास्थ्य र समृद्धिको कामना गरेका हुन् । उनले भनेका छन्, ‘ईदुल अझहा—जुन हाम्रा महान् पैगम्बर हजरत इब्राहिम (अ.स.) को आस्थापूर्ण बलिदानको सम्झनामा मनाइन्छ—केवल धार्मिक पर्व मात्र नभई मानवता, समर्पण, समानता र भाइचारा प्रवद्र्धन गर्ने अनुपम प्रेरणाको स्रोत हो। यो पर्वले हामीलाई एक–अर्काप्रतिको दया, सहिष्णुता, सहायता र करुणाको भावनालाई आत्मसात गर्न अभिप्रेरित गर्दछ ।’

eid shuvkamana.jpg‘आजको सन्दर्भमा जब नेपाल विविधताले भरिएको समाजभित्र समानता, सामाजिक न्याय र पहिचानको मुद्दा अझै सशक्तरूपमा उठिरहेको छ, यस पर्वले हामीलाई समावेशी समाज निर्माणतर्फ लाग्न प्रेरणा दिन्छ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी–नेपाल संघीय समाजवादी पार्टी–विगतदेखि नै उत्पीडित, पिछडिएका, सीमान्तकृत, धार्मिक, भाषिक, जातीय र लैंगिक समूहहरूको हक, पहिचान र अवसरको पक्षमा अविचलित रुपमा संघर्षरत छ ।’

eid shuvkamana1.jpgईदको यो पावन अवसरमा सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै विविधतालाई हाम्रो साझा पहिचानको रूपमा आत्मसात गर्न अनुरोध गर्दै उनले भने, ‘हामी सबैले शान्ति, सहिष्णुता र समृद्धिको बाटो समातेर नयाँ नेपाल निर्माणको दिशामा अघि बढ्नुपर्छ ।’

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो पार्टी सामाजिक न्याय, समता, धर्मनिरपेक्षता र लोकतान्त्रिक मूल्यमा आधारित संघीय गणतन्त्रलाई अझ मजबुत बनाउने दिशामा कटिबद्ध छ। यही सन्देश र भावना बोकेर, हामी सम्पूर्ण शुभेच्छुक, कार्यकर्ता तथा आम नागरिकहरूलाई पुनः एकपटक पवित्र ईदुल अझहाको अवसरमा शान्ति, सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दछौं ।’

सम्बन्धित समाचार