बाजुराको बाम्का बजारमा आगलागी, १२ वटाभन्दा धेरै पसल जले

8.9k Shares

काठमाण्डाै – बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । दिउँसो ४ बजे शुरू भएको आगो अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट मानवीय क्षति भएकाे छैन । आगलागीका कारण बजार क्षेत्रका १२/१५ वटा पसल जलेका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिनुभयो । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार