8.9k
Shares
बारा, ५ जेठ । सिम्रौनगढ नगरपालिका-६ बस्ने कलैया उपमहानगरपालिका-८ बरेवा घर भएकी ३० वर्षीया जसोधा देवीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
विद्युतीय मोटर जडान भएको पानी तान्ने कलबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सिम्रौनगढस्थित धर्मलाल पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।