18k
Shares
झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर ईलाम इजलासको २०७९ चैत ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रूपैयाँ जरिवाना तथा ४ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।