काठमाडौं, ५ जेठ । कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने रीत बहादुर थापाको घरको सटरमा पर्वत फलेवास नगरपालिका-४ घर भएका ३८ वर्षीय बिष्णु पुन मगरले संचालन गरेको किराना तथा चटपट पसलमा आइतबार राति आगलागी हुँदा खाद्यान्न तथा अन्य सरसमान जलेर करिब ४ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचीनगर नगरपालिका-३ भावनाटोल बस्ने सुरेन्द्र लिम्बुको कच्ची घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, जहदा गाउँपालिका-५ महत्तो टोल बस्ने भदै महतोको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ मदनचोकस्थित वेदकोट नगरपालिका-६ बस्ने महेश पनेरूको खिलुङ कालिका मार्केटिङ प्रालि पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल भित्र रहेका सरसामनहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-४ धनसवार बस्ने विन्देश्वर यादवको घरमा गए राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।