विभिन्न धनमाल चोरी

7.9k Shares

काठमाडौं, १ जेठ । काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती शान्तिटोल डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ५४ वर्षीय होम प्रसाद पुडासैनीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब २ लाख ९२ हजार २ सय रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने फडेन्द्र राईको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-९ बस्ने पशुपति चौधरीको घरबाट सुनका विभिन्न गरगहना गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार