9.3k
Shares
काठमाण्डौ – तनहुँकाे प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाण्डौ रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।
अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
गाइनोलोजिस्ट कुमार विष्ट सरुवा भएर भक्तपुरको क्यान्सर अस्पताल पुगेपछि विशेषज्ञ सेवा प्रभावित भएको डा. बरालकाे भनाइ छ ।