बजेटको विषयमा प्रचण्डसँग अर्थमन्त्रीको छलफल

7.9k Shares

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बजेटको विषयमा छलफल गर्नुभएको छ ।

बिहान ‘प्रचण्ड’ निवास खुमलटार पुगेर अर्थमन्त्री पौडेलले छलफल गर्नुभएको हो । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेलले राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहनुभएको छ ।

यसअघि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो । गएको शुक्रवार नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटको तयारी तीव्र बनाएको छ ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हिजोदेखि छलफल शुरू भएको छ । प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

सम्बन्धित समाचार